चर्चामा नाडा अटो शो : १९ लाखदेखि १ करोड ७० लाखसम्मका सवारी साधन
काठमाडौँ । राजधानीमा आयोजित नाडा अटो शो, २०२४ को यतिबेला तीव्र चर्चा छ । सवारी साधन प्रदर्शनको कुम्भ मेलाकै रूपमा लिइने अटो शोमा यसपटक ईभी सवारीको बोलबाला छ । त्यसमा पनि चिनियाँ ब्राण्डका सवारी साधनको एकलौटी प्रदर्शन भइरहेको छ भन्दा फरक पर्दैन ।
केही पुराना ईभी ब्राण्डको अलावा यसपटकको नाडा अटो शोमा दर्जन हाराहारी नयाँ ईभी ब्राण्डको ‘इन्ट्री’ भएको छ । जिकर, एक्सपेङ, जेको, लिपमोटर्स, अवतार, नामी, रिडारा, बिएडब्लू, ट्राइम्फ, काईवी, कामा, स्काईवोर्थ, हाइगर जस्ता नयाँ ईभी ब्राण्ड नाडा अटो शोकै अवसरमा नेपाल भित्रिएका हुन् ।
यसमा केही समयअघि भित्रिसकेका र राम्रो व्यापारसमेत गर्न सफल चिनियाँ अटोमोबाइल ब्राण्ड बीवाईडी, ओमोडा र दिपलले समेत राम्रै उपस्थिति जनाएका छन् ।
अटो शोमा सस्तोमा ई–क्युट १९ लाख ९६ हजार रुपैयाँदेखि महँगोमा एमजीको साइवस्टर १ करोड ७० लाख रुपैयाँसम्मको गाडी उपलब्ध छ । तथापि, एमजीको साइवस्टर नाडा अटो शोको अवसरमा प्रदर्शन गर्नका लागि ल्याएको प्रिमियम सेग्मेन्टको कार हो ।
दमदार ब्राण्डसहित सीजी ग्रुप अटो शोमा
यसपटकको अटो शोमा तीन वटा नयाँ र तीन वटा पुराना ईभी ब्राण्डसहित सीजी समूहले कुल ६ वटा ब्राण्डको दमदार प्रदर्शन गरिरहेको छ । सीजी ग्रुप अन्तर्गत एक्सपेङ, रेडारा, अवतार नयाँ ब्राण्ड हुन् भने कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको नेटा, जीएमसी एवोन र किंलङ्ग माइक्रोबसलाई समेत नयाँ भेरियसनमा अटो शोमा उतारेको छ ।
पेट्रोलियममा सुजुकी र दुईपाङ्ग्रेमा हिरोको उपस्थितिसमेत सीजीको राम्रै उपस्थिति छ ।
एक्सपेङ : सीजी मोटर्सले नाडा अटो शोकै अवसरमा नयाँ ईभी ब्राण्ड एक्सपेङको जी–६ सार्वजनिक गरेको छ । प्रिमियम एसयूभीमा आएको एक्सपेङ जी–६, ६६ किलोवाट ब्याट्री क्षमतामा २१८ किलोवाट पावर मोटरमा आएको छ । सिङ्गल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको यस कारको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अवतार : सीजी ग्रुपले प्रिमियम ईभी सेग्मेन्टमा अवतार–११ लाई अटो शोमा उतारेको छ । ९०.३८ किलोवाट ब्याट्री क्षमता र २३० किलोवाट पावरफूल क्षमतामा उपलब्ध कारको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।
रेडारा : सीजीले ६३ किलोवाटआवर ब्याट्री र २०० किलोवाट पावर पिक पावरसहित रेडारा ईभी पिकअप सार्वजनिक गरेको छ । सिङ्गल चार्जमा पिकअपले ३७७ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
सारडा ग्रुपद्वारा जिकर र जेको ब्राण्ड सार्वजनिक
नाडा अटो शो, २०२४ को अवसरमा सारडा ग्रुपले दुई वटा नयाँ ब्राण्ड जिकर र जेको सार्वजनिक गरेको छ ।
लिपमोटर्स सी–१० : ग्रुप अन्तर्गतको साङ्ग्रिला मोटर्सले पहुचर्चित ईभी ब्राण्डको लिपमोटर्सको सी–१० लाई नेपाली बजारमा उतारेको हो । ६९.९ किलोवाट आवर ब्याट्री क्षमतामा १६० किलोवाट पावर मोटरसहितको पावरफूल एसयूभी सी–१० को मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
जेको–६ : यसैगरी सारडा ग्रुप अन्तर्गतको अर्को कम्पनी एसपीजी अटोमोबाइल्सले नाडा अटो शोको अवसरमा चेरीको सब ब्राण्ड जेकोको जे–६ मोडल उतारेको छ । ६९.८ किलोवाट आवर ब्याट्री क्षमताको साथमा १३५ किलोवाट पावर मोटर जडित यो गाडीले सिङ्गल चार्जमा ५०१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यही कम्पनीले नेपाली बजारमा अमोडा गाडीको समेत विक्री वितरण गर्दै आइरहेको छ ।
नामी : अटो शोकै अवसरमा चिनियाँ नयाँ ईभी ब्राण्ड नामी नेपाल भित्रिएको छ । एमएडब्लू वृद्धिले औपचारिक रुपमा नामीलाई नेपाल प्रवेश गराएको हो । अटो शोमा प्रदर्शन गरिएको यस कार पनि अवलोकनकर्ताहरुको आकर्षण केन्द्र बनिरहेको छ । नामी ई–१, ई–२ र ई–३ गरी तीन वटा भेरियन्टमा सार्वजनिक भएको गाडीको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नामीमा ३१.४ किलोवाट आवर ब्याट्रीमा ७० किलोवाट पावर क्षमताको मोटर जडान गरिएको छ । सिङ्गल चार्जमा ३३० किलोमिटरसँम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
काइवी ईक्यु–०२/०४ : अटो शोमा काइवीको ह्याचब्याक सेग्मेन्टका दुई वटा मोडल काइवी ईक्यु ०२ र ईक्यु ०४ सार्वजनिक भएको छ । ४० किलोवाट मोटर क्षमताको यी मोडलको मूल्य क्रमशः २३ लाख ९६ हजार रुपैयाँ र २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
ब्रम्बी : एलआरआर ग्रुपले बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लू) को ईभी उत्पादन ब्रम्बी ह्याचब्याक गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । १७.२८ किलोवाट आवर ब्याट्री क्षमता र ३० किलोवाट पिकपावर मोटर रहेको ब्रम्बीको मूल्य २१ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
बीवाईडी अट्टो ३ कसमस : बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स ईंकले अट्टो ३ को ब्ल्याक कसमस सार्वजनिक गरेको छ । नाडा अटो शोको अवसरमा अट्टो कसमस सार्वजनिक गरेको कम्पनीले १०० किलोवाट मोटर पावरमा दुई वटा ब्याट्री अप्सन दिएको छ ।
भारतीय उत्पादनमा टाटा पन्च र महिन्द्रा एक्सयूभी ४००
अटो शोमा भारतीय दुई वटा ब्राण्ड टाटा पन्च र महिन्द्रा एक्सयूभी ४०० ले चिनियाँ ब्राण्डसँग प्रतिपस्र्धा गरिरहेका छन् ।
टाटा पन्च : अटो शोकै दौरानमा टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी मोटर्सले टाटा पन्च सार्वजनिक गरेको छ । बहुप्रतिक्षित मानिएको टाटा पन्चलाई कम्पनीले सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा बजारमा उतारेको छ । टाटा पन्च एसएमआर, एलआर र एसएलआर भेरियन्ट गरी तीन वटा मोडलमा आएको छ । पन्चको बाँकी दुईवटा मोडलको ३६ लाख ९९ हजार र ३८ लाख ९९ हजार रुपैयाँ मूल्य छ ।
महिन्द्रा एक्सयूभी ४००ः नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि मोटर्सले बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभी ल्याएको छ । नाडा अटो शो अघि आएको यस सेग्मेन्टमा ३४.५ र ३९.४ किलोवाट आवर ब्याट्री क्षमतामा ३९.४ किलोवाट पावर मोटर जडान गरिएको छ । यी दुई भेरियन्टले सिङ्गल चार्जमा ३५९ देखि ४५६ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल