आजपाका नेताहरुको सुझाव : सरकारविरुद्ध सडक आन्दोलन गर्नुपर्छ
काठमाडौँ । दलतन्त्रको विरुद्ध र आम जनताको शासन सत्तामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोषसहित आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेस गरेको राजनीतिक प्रतिवेदनमा चर्काचर्की बहस भइरहेको छ ।
बुधबार दोस्रो दिन केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । मंगलबारदेखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजपा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।
आजपा स्थायी कमिटीका सदस्य रन्जु साहले बैठकमा पेस गरिएको प्रतिवेदन देश र जनताका लागि भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताइन् ।
राजनीतिक प्रतिवेदन सही भएको भएपनि त्यसमा महिला हिंसाको विषय नसमेटिएको बताउँदै साहले देश तथा विदेशमा समेत भइरहेका घटनाको विरुद्धमा संघर्षका कार्यक्रम पार्टीले ल्याउनु पर्ने सुझाव दिइन् ।
यस्तै आजपाका नेता एवं मजदुर नेता धनकुमारी मगरले मजदुरका समस्या वर्तमान सरकारले समाधान गर्न नसकेको बताउँदै मजदुरको हकहितका लागि संघर्षका कार्यक्रमसहित पार्टी अगाडी बढ्नुपर्ने सुझाव दिइन् ।
बैठकमा आजपा नेता एवं कबाड व्यवसायी संघका अध्यक्ष संजय साहले काठमाडौँ महानगरले कबाड व्यवसायीलाई दिइरहेको दुःख एवं हर्कतका विरुद्ध कडा आन्दोलनको आवश्यकता रहेको बताए ।
बैठकमा आजपाका स्थायी कमिटीका सदस्य एवं मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरले नेपालमा मुस्लिम विश्व विद्यालय स्थापनाका लागि संघर्षमा उत्रिनु पर्ने आवश्यकता रहेको बताए ।
यसैगरी बैठकमा आम महिला मोर्चाका अध्यक्ष एवं महिला नेतृ बबिता साहले महिलाहरूलाई राज्यको हरेक अंगमा ५१ प्रतिशत सहभागी हुनुपर्ने माग गरिन् । जनसंख्याको आधारमा महिलाको सहभागिता सन्तोषजनक नभएको बताउँदै उनले हरेक आन्दोलन एवं परिवर्तनमा माहिलाको सहभागिता भएपनी राज्यको विभिन्न निकायमा सहभागिता नभएको बताइन् ।
बैठकमा आजपा नेता प्रशान्त तिमिल्सिनाले वर्तमान सरकार लुटकारी र भ्रष्ट चरित्रको भएको बताउँदै त्यसका विरुद्धमा छिटोभन्दा छिटो आन्दोलन घोषणा गर्नुपर्ने सुझाव दिए ।
बैठकमा आजपा नेता देबि पण्डित, उमेश कुशवाहा, सुनिता साह, नवीन महतो, चन्दन साह, नरेश तुराहा, प्रदीप साह, रबिन्द्र सिंह, सागर पाण्डे, भानु कोइराला, केबि रावत, लखिन्द्र साह, महम्मद आरिफ, राजेश शर्मा, बिरबल महतो, रामसागर महासेठ, रमेश थपलिया, रुपबहादुर पार्खिन, शिव थापा लगायतका नेताले भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्ध आन्दोलनको विकल्प नभएको बताएको महासचिव त्रिभुवन साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य
-
जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए