शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कार प्रकरणमा ममता बनर्जीले मोदीलाई के भनिन् ?

बुधबार, १२ भदौ २०८१, २० : १६
बुधबार, १२ भदौ २०८१

नयाँ दिल्ली । भारतको कोलकतामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा यतिबेला भारत खासगरी पश्चिम बंगालमा आगो बलिरहेको छ । पीडिताको पक्षमा आन्दोलनरत् समूह र विपक्षीहरूले मुख्यमन्त्री ममता बनर्जीको सरकारको राजिनामा माग गरेर चर्को विरोध प्रदर्शन गरिरहेका छन् । 

यस्तोमा मुख्यमन्त्री ममता बनर्जीले कोलकाताको आरजी कार अस्पताल प्रकरणको विरुद्ध जारी विरोध प्रदर्शनमा विपक्षीहरूलाई चेतावनी दिएकी छिन् ।

उता, भारतीय जनता पार्टी (भाजपा)ले पीडितलाई न्यायको मुद्दा पश्चिम बंगालमा चुनावी विषय नभएको बताएको छ । बीजेपीका प्रवक्ता सुधांशु त्रिवेदीले भनेका छन्, ‘यो प्रमाणको आधारमा दोषीलाई अदालतमा प्रमाणित गर्ने र सजाय दिलाउने कुरा हो । जसको सत्ता हुन्छ, न्याय उसैको पक्षमा हुन्छ भन्ने सोच संविधानका लागि सबैभन्दा खतरनाक सोच हो ।’

‘केही मानिसहरूले यो बंगलादेश हो भन्ने सोचिरहेका छन् । म बंगलादेशलाई माया गर्छु । तिनीहरूले हामीले बाल्नेजस्तै भाषा बोल्छन् । उनीहरू र हाम्रो संस्कृति उस्तै छ । तर बंगलादेश फरक देश हो र भारत फरक छ,’ ममताले तृणमूल कांग्रेसको विद्यार्थी संगठन छात्र परिषदको सम्मेलनमा भनेकी छिन् । आफ्नो पार्टीबाट आगो लगाइरहेको भन्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निशाना बनाएकी छिन् ।

‘बाङ्गला जल्यो भने आसाम, झारखण्ड, बंगाल, ओडिशा पनि बाँच्दैन र उत्तर प्रदेश पनि प्रभावित हुनेछ । हामी मोदीजीको कुर्सी हल्लाए छाड्नेछौँ,’ उनले भनेकी छिन् । 

कलकत्तामा महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको सम्बन्धमा मंगलबार विद्यार्थीहरूले राज्य सचिवालय अर्थात् नबन्ना भवनसम्म विरोध मार्चको आह्वान गरेका थिए । यो विरोध र्‍यालीका क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । यस झडपको विरोधमा भाजपाले बुधबार १२ घण्टा बन्दको आह्वान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप