अविरल वर्षाका कारण गुजरातमा १६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण कयौँ क्षेत्र डुबानमा परेका छन् । सौराष्ट्र र मध्य गुजरातमा विगत ४८ घण्टादेखि वर्षाको तीव्रता र अनुपातमा कमी नआएपछि धेरै गाउँ र सहर टापुमा परिणत भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भएको छ । बाढीका कारण यहाँका धेरै क्षेत्रमा मानिसहरू अलपत्र परेका छन् ।
राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ । मुसलधारे वर्षाले सौराष्ट्रका खासगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाका कारण मलिया नजिक राष्ट्रिय राजमार्ग भत्किएको छ । वर्षाले नदीमा पानीको बहाव निकै बढेको छ । खोलाको पानी आसपासका क्षेत्रमा पसेपछि मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।
गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जनालाई विस्थापित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा