यस्ता छन् राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकका निर्णय

काठमाडौँ । राप्रपा नेपालले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोगका एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन गरेको छ ।
बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकले डा.बिष्णु भण्डारीका संयोजकमा बसन्तमान सिंह अधिकारी, नरप्रसाद थापा, राजाराम बर्तौला ‘चुनेली’ र जीवछ मिश्र सदस्य रहेको सुझाव समिति गठन गरेको हो ।
बुद्धिजिवी वर्ग, पार्टीको विभिन्न तहका कार्यकर्ता र शुभेच्छुक तथा सर्वसाधारण जनताको राय बुझेर समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनु पर्ने छ ।
यस्तै मधेसका जनताको सामाजिक आर्थिक समृद्धि एवं शिक्षा र रोजगारीमा पहुँचको अभिवृद्धि गर्न राप्रपा नेपालले आगामी दिनमा “मधेस उत्थान विशेष अभियान” सञ्चालन गर्ने भएको छ । यस्तै भ्रष्टाचार सम्बन्धी कारबाहीको लागि कुनै अवधिको हदम्याद राख्न नहुने राप्रपा नेपालले निर्णय गरेको छ ।
समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने तथा साना र उदीयमान दलहरूलाई निषेध र हतोत्साहित गर्ने गरी संविधान र कानुनमा गरिने संशोधनको सशक्त विरोध गर्ने राप्रपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’