सहकारी छानबिन समितिले प्रारम्भिक प्रतिवेदन मस्यौदा तयार गर्न जिम्मेवारी तोक्यो
बुधबार, १२ भदौ २०८१, १९ : २२

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले हालसम्म सम्पन्न कामको समीक्षा गरेको छ । बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले अब बाँकी र सम्पन्न गर्नुपर्ने कामहरूको योजनासमेत प्रस्तुत र पारित गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा