आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

रानी पोखरीमा रात्रिकालीन प्रकाश राखेर  सुन्दरता बढाइने

बुधबार, १२ भदौ २०८१, १९ : १३
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानी पोखरीमा रात्रिकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाउने भएको छ । जसका लागि रङ्गरोगन गर्ने, मर्मत सम्भारसमेत गरिने भएको हो । 

रङ्गरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा मर्मत गरेपछि मात्रै बिहान हिँडडुल गर्नका लागि खुला गरिने प्रमुख प्रशासकीय अधिकृत प्रदीप  परियारले जानकारी दिए ।

‘रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ,’ परियारले भने, ‘रात्रिकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’

बुधबार महानगरपालिकाले पोखरीको अवलोकन गरिएको थियो । अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरू विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरू सहभागी थिए । 

रानीपोखरीको अवलोकनपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यसक्रममा वडाध्यक्ष खड्गीले रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए । त्यस क्रममा खड्गीले वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नुपर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नुपर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए । 

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य विभागका प्रमुख दीपक के.सी. लाई फोन सम्पर्क गरेर आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप