बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामराज्यको छैटौँ शृङ्खला : समृद्धशाली जापानको शक्तिशाली पासपोर्ट

बुधबार, १२ भदौ २०८१

काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति र यसको पासपोर्टले दुनियाँभर कमाएको प्रतिष्ठा सम्बन्धी सामग्री प्रस्तुत गरिएको छ । 

सूर्योदय र टापुहरूको देश भनेर चिनिने जापानका नागरिकको इमानदारिता र कामप्रतिको लगाव संसारकै नमुना मानिन्छ ।  

‘शक्तिशाली पासपोर्ट’को परिचय बनाएको मुलुकले दोस्रो विश्वयुद्धपछि गरेको आर्थिक चमत्कार, अपनाएको सन्तुलित परराष्ट्र नीति, अन्तर्राष्ट्रिय जगत्मा गर्ने सहयोग र विश्व शान्तिप्रतिको प्रतिबद्धता के कसरी सम्भव भयो भन्ने विषयमा बुधवारको शृङ्खला केन्द्रित छ । हरेक बुधबार राति ७ बजे प्रसारण हुने कार्यक्रम रामराज्यको पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रस्तुत गरिएको थियो ।

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिन्छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो ।

यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ शृङ्खलामा १२ देशको कथा समेट्ने योजना रहेको रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया