कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएका हुन् ।
उनले भने, ‘विद्युतीकरण र विद्युत् उपभोक्ताचाहिँ ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी चाहिँ कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यस कारणले बाँकी बक्यौतालाई स्पष्ट रूपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाऊ भनेर समय, सीमा तोकिदिने । र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने सिवाय लेखा समितिले अरू कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नु हुन्न भन्ने अडानमा म छु ।’
सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ