पूर्वसभामुख सापकोटाको फैसला दोस्रोपटक सर्यो

काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला दोस्रो पटक सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले संवैधानिक इजलासले बुधवारका लागि निर्णय सुनाउने मिति तोकिएपनि सरेको जानकारी दिए ।
यसअघि असार १२ गते पनि एक न्यायाधीश अनुपस्थित भएपछि निर्णय सुनाउने मिति सरेको थियो । आज भने फैसलाका लागि अध्ययन नपुगेको बताइएको छ ।
प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको अन्य मुद्दा पनि भएका कारण समय भएको प्रवक्ता कुइँकेलले बताए ।
काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते नै बहस सकिएको थियो । सो दिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
-
यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी
-
कर्णालीमा बजेट निर्माणको चटारो, आकार बढाउने तयारी
-
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारण लाइनकाे काम धमाधम
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो