धेरै निद्रा लागिरहेछ, शरीरमा कुनै भिटामिनको कमीले त होइन ?
![धेरै निद्रा लागिरहेछ, शरीरमा कुनै भिटामिनको कमीले त होइन ?](https://rpcdn.ratopati.com/archived-media/sleep.jpg)
काठमाडौँ । केही मान्छेलाई निद्रै लाग्ने समस्या हुन्छ भने चाहिनेभन्दा बढी नै निदाउँछन् । अनिद्राका कारण हाम्रो शरीरमा कयौँ रोग लाग्न सक्छ । तर अत्यधिक निद्रा पनि चिन्ताको विषय हो । हाम्रा वरिपरि केही यस्ता मानिस पनि हुन्छन् जसलाई प्रायः निद्रा लागिरहन्छ । दिनभरि पनि थकित वा निन्द्रा लागेको महसुस गरिरहन्छन् ।
कहिलेकाहीँ त बिहान उठ्नै निकै गाह्रो हुन थाल्छ । तपाईंलाई पनि सामान्य भन्दा बढी निद्रा लागेको महसुस भइरहेको छ कि ? यो शरीरमा भिटामिनको कमी भएको सङ्केत हुनसक्छ । भिटामिन हाम्रो शरीरको सामान्य कार्यहरूका लागि धेरै महत्त्वपूर्ण छ । यीमध्ये केही भिटामिन यस्ता हुन्छन्, जसको कमीले शरीरको ऊर्जा कम भएर जतिबेला पनि थाकेको महसुस हुने र अत्यधिक निद्रा लाग्ने गर्छ ।
यी भिटामिनको कमीले लाग्ने गर्छ निद्रा
भिटामिन डी
भिटामिन डी को कमीले प्रायः थकान, कमजोरी र अत्यधिक निद्राको समस्या निम्त्याउन सक्छ । यो भिटामिन हाम्रो शरीरमा क्याल्सियमको अवशोषणका लागि आवश्यक हुन्छ, जसले हड्डीलाई बलियो राख्छ । जब शरीरमा भिटामिन डीको कमी हुन्छ, यसले हाम्रो ऊर्जा स्तरलाई प्रत्यक्ष असर गर्छ, जसले थकान र निद्रा बढाउँछ ।
भिटामिन बी १२
भिटामिन बी १२ को कमीले शरीरमा कमजोरी र निद्राको समस्या निम्त्याउन सक्छ । यो भिटामिन हाम्रो शरीरको स्नायु प्रणालीका लागि धेरै महत्त्वपूर्ण छ । यसले रातो रक्त कोशिकाहरूको उत्पादनमा मद्दत गर्दछ । जब शरीरमा भिटामिन बी १२ को कमी हुन्छ, अक्सिजनको आपूर्ति कम हुन थाल्छ र थकान र अत्यधिक निद्रा जस्ता समस्या निम्तिन सक्छ ।
भिटामिन सी
भिटामिन सीको कमीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । जसले गर्दा व्यक्तिलाई सामान्य भन्दा बढी थकान र निद्रा लाग्न सक्छ । भिटामिन सीले शरीरलाई ऊर्जा प्रदान गर्न सघाउँछ । यसको अभावमा मानिसलाई दिनभर सुस्त महसुस हुन सक्छ ।
धेरै निद्रा लागिरह्यो भने के गर्ने ?
घामको किरणमा बस्ने- भिटामिन डीको कमीलाई हटाउन हरेक दिन केही समय घाममा बस्नुस् । भिटामिन बी १२ डाइट भिटामिन बी १२ को लागि मासु, माछा, अण्डा र दूधजन्य उत्पादनहरूको उपभोग गर्नुस् ।
ताजा फलफूल: भिटामिन सीको लागि ताजा फलफूल र तरकारी खानुस् । सप्लिमेन्टहरूको सेवन: आहारबाट भिटामिनको आपूर्ति भइरहेको छैन भने चिकित्सकको सल्लाह अनुसार सप्लिमेन्टको सेवन पनि गर्न सकिन्छ ।
यी सबै गर्दा पनि लगातार थकान र निद्राको समस्याको सामना गर्दै हुनुहुन्छ भने यसलाई बेवास्ता गर्नुहुन्न । भिटामिनको कमीलाई सही समयमा पहिचान गरी उपचार गर्न सकिन्छ । तुरुन्तै डाक्टरसँग परामर्श लिनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति मण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री
-
एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी