वर्षौसम्म एउटै कार्यालयमा प्रहरीलाई राख्ने प्रवृत्ति हटाउनुपर्छ : आईजीपी कुँवर
बुटवल । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई बर्षौसम्म एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्ने बताएका छन्। उनले लामो समय एउटै प्रहरी कर्मचारीलाई घुमाई फिराई लामो समय एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्ने बताएका हुन्।
बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रदेश, जिल्ला र ट्राफिक प्रहरी कार्यालयहरूले एउटै प्रहरी कर्मचारीलाई कहिले यो ढोकाबाट कहिले अर्को ढोकाबाट एउटै कार्यालयमा राख्ने गरेको गुनासो गरे।
उनले सम्बन्धित कार्यालयहरूतर्फ सङ्केत गर्दै भने– ‘त्यो हटाउनुपर्छ नयाँ कर्मचारीसँग पनि काम गर्नुपर्छ तर एउटै प्रहरी कर्मचारीलाई बर्षौसम्म राख्नु तपाईंको के स्वार्थ हो । जसले त्यसरी कर्मचारीहरूलाई राखेको छ त्यसको जिम्मा त्यसैले लिनुपर्छ।’
उनले स्वार्थभन्दा माथि उठेर काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन समेत दिए । आईजीपी कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । रुपन्देहीमा १४ करोड ९६ लाख रुपैयाँको लागतमा प्रहरी कार्यालय, कारागार र सामूहिक मेस भवन बनेको प्रहरी इन्जिनियर रोशन सारूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता