बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल स्तब्ध (तस्बिरहरु)
काठमाडौँ । बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न फाइनलमा बंगलादेश ४–१ गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
यसैगरी बंगलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो भने ७१औँ मिनेटमा तेस्रो गोल गरेको थियो ।
नेपालले ७९औँ मिनेटमा सान्त्वना गोल गर्यो । तर त्यसपछि इन्जुरी समयमा बंगलादेशले थप एक गोल थपेसँगै बंगलादेश ४-१ ले विजयी भयो भने नेपाली समर्थक निराश हुँदै घर फर्किन बाध्य भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता