बंगलादेशविरुद्ध नेपालले एक गोल फर्कायो
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा नेपालले एक गोल फर्काएको छ । नेपालले७९औँ मिनेटमा पहिलो गोल गरेको हो । खेलमा बंगलादेश ३–१ गोलले अगाडि छ ।
खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बंगलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो । बंगलादेशले निर्धारित समयको ७१औँ मिनेटमा तेस्रो गोल गरेको थियो ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बंगलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य
-
अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने नेपालको पहिलो आईबी स्कुल (भिडियोसहित)
-
तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
-
भूपिका सिर्जना अँध्यारो हटाउने ‘दीपशिखा’
-
अजरबैजान एयरलाइन्स दुर्घटनापछि सुरु भएको अफवाहबारे रुसले दियो यस्तो चेतावनी
-
मेरिटोक्रेसी नाममा मात्र सीमित, भागबन्डाबाटै नियुक्ति