नेपालको पोस्टमा बंगलादेशको तेस्रो गोल, घरेलु समर्थक निराश
![नेपालको पोस्टमा बंगलादेशको तेस्रो गोल, घरेलु समर्थक निराश](https://npcdn.ratopati.com/media/news/img-20240828-wa0206_xDAdbt13xe.jpg)
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा बङ्गलादेशले तेस्रो गोल गरेको छ । बङ्गलादेशले तेस्रो खेल निर्धारित समयको ७१औँ मिनेटमा गरेको हो । बङ्गलादेशले लगातार तीन गोल गरेपछि नेपाली समर्थक निराश बनेका छन् ।
खेलको पहिलो हाफमै बङ्गलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बङ्गलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बङ्गलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो । बंगलादेशका लागि दोस्रो गोल ००० ले गरे ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बङ्गलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता