भ्रष्टाचारको फाइल खोल्नुभन्दा सरकार टिकटक खोल्नमा व्यस्त भयो : सांसद यादव
बुधबार, १२ भदौ २०८१, १५ : २८

काठमाडौँ । जसपा सांसद राजकिशोर यादवले सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संविधानको आत्मा समानुपातिक समावेशी भएपनि राजदूत नियुक्ति त्यसअनुरूप किन भएन भन्दै प्रश्न गरे । उनले राजदूत सिफारिस कुनै पनि कोणले समावेशी नभएको उल्लेख गरे ।
‘राजदूत सिफारिस कुनै कोणबाट पनि समावेशी भएन । एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किकने गरी सिफारिस भएको हो‚’ उनले भने‚‘सरकारले संविधान मान्दैन भने भोलिको दिनमा जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पत्ति होला ?’
सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश