फुटबल
नेपालले खायो बंगलादेशको एक गोल, तस्बिरमा हेर्नुहोस् साफ यू–२० को फाइनल
बुधबार, १२ भदौ २०८१, १५ : १९
![नेपालले खायो बंगलादेशको एक गोल, तस्बिरमा हेर्नुहोस् साफ यू–२० को फाइनल](https://npcdn.ratopati.com/media/news/1111111_GeZYPzCqM5.jpg)
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलको पहिलो हाफमा बंगलादेशले १–० गोलको अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडीले फ्रिकिकमार्फत गोल गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफको अन्तिम समयमा बंगलादेशले गोल गर्दै अग्रता लियो ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बंगलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता