पानी परेपछि रिङ रोड भैँसीले आहाल खेल्ने पोखरी बन्छ : सांसद खनाल
बुधबार, १२ भदौ २०८१, १५ : ०९

काठमाडौँ । रिङ रोडअन्तर्गत गोङ्गबु सामाखुसी क्षेत्रमा पानी पर्ने बित्तिकै भैँसीले आहाल खेल्ने पोखरी जस्तो अवस्था हुने गरेको भन्दै सदनमा आवाज उठेको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शिशिर खनालले ‘यहाँबाट पाँच किलोमिटर टाढाको दुरावस्था देख्दा पनि सरकार किन आँखा बन्द गरेर बसेको हो’ भन्दै प्रश्न गरेका हुन् ।
उनले नेपालटारदेखि डाँडा गाउँको एक किलोमिटर बाटोमा गाडी नै नचल्ने अवस्था बनेकोमा पनि ध्यानाकर्षण गराए ।
‘साङ्ला बिहानी चोकमा धान रोप्ने जस्तो स्थिति छ । यहाँबाट १०/१५ किलोमिटरको अवस्था यस्तो छ‚’ उनले भने‚‘ सडक विभाग भनेर पोल पोलमा स.वि. लेख्दै गरेको छ बरु उसको त्यो इनर्जी स्रोत र पैसा चाहिँ सडक मर्मतमा लगाए जनताले सास्ती कम पाउँथे कि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पार्टीद्वारा तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग
-
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...