माओवादीको प्रश्न : रघुजीलाई बोल्न दिने हामीलाई नदिने ?
![माओवादीको प्रश्न : रघुजीलाई बोल्न दिने हामीलाई नदिने ?](https://npcdn.ratopati.com/media/news/sadan_MayfwlLPEh.jpg)
काठमाडौँ । ‘हिंसा’ शब्दले बुधबारको प्रतिनिधि सभा बैठकमा हँगामा भएको छ । सत्तारुढ दल नेकपा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि बैठकको माहोल गरम भएको हो ।
भट्टराईले बोलेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेर रेकर्डबाट हटाउन माग गरे । तर, सभामुख देवराज घिमिरेले प्रतिपक्षको आवाजलाई बेवास्ता गरिदिए । त्यसपछि निरन्तर माओवादी सांसदले विरोध गरेपछि ‘अध्ययन गरेर निर्णय गर्न’ भन्दै सभामुख घिमिरेले संसद् सचिवालयलाई अधिकार दिए ।
तर, माओवादी सांसदहरूले सहमति नजनाएपछि सत्ता सांसदहरू पनि उठेर विरोधमा उत्रिए । योगेशले हिंसालाई हिंसा भनिन्छ भनेपछि थप माहोलमा समस्या पर्यो ।
सत्ता र प्रतिपक्षका दुवै सांसद उठेपछि सभामुख घिमिरेले रघुजी पन्तलाई बोल्न दिए ।
‘जनयुद्धमा मान्छे मरेको हिंसा हो कि होइन ? असंदीदय शब्द छानबिन गरेर प्रमाणित गर्नुहोस्,’ पन्तले भने, ‘हामी यहीँ ठान्छौँ ।’ पन्त बोलेपछि पुनः माओवादी सांसदहरू उठेर समय मागे । तर, सभामुख घिमिरेले समय दिएनन् ।
त्यसपछि माइक बिनै बोलेका माओवादी सांसदहरूले पन्तलाई बोल्न दिने आफूहरुलाई बोल्न नदिने भन्दै प्रश्न गरे । सत्ता पक्षलाई बोल्न दिने प्रतिपक्षलाई बोल्न नदिने कस्तो हो भन्दै माओवादी सांसदहरूले भने, ‘रघुजी पन्तलाई किन बोल्न दिइयो हामीलाई किन दिइएन प्रधानमन्त्रीको पार्टी नभएर हो ? तपाई एमालेको सभामुख हो ?’
त्यसपछि सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए । ‘सभामुखको नियम अनुसार सदन चलेको छैन । नियमअनुसार सदन चलाइयोस्,’ पाण्डेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?