हिंसा शब्दमा सापकोटाको नियमापत्ति : योगेशले भने– तपाईँको धम्कीले कोही डराउँदैन

काठमाडौँ । नेकपा एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको हो ।
भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए ।
सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए । सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए ।
जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’
त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्त्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे ।
त्यसपश्चात् पनि सभामुख देवराज घिमिरेले भट्टराईलाई बोल्न दिएपछि माओवादीले विरोध जारी राख्यो । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।
त्यसपछि उठेका विषयमा हिंसा शब्दको छानबिन गरेर निर्णय लिने अधिकार सचिवालयलाई दिइएको सभामुख घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर