वायुसेवा निगमको लापरबाहीले नेपाली आकाश असुरक्षित : सांसद राजभण्डारी

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले नेपाल वायु सेवा निगममा देखिएका लापरबाही र बेथितिले नेपाली आकाश दिनप्रति दिन असुरक्षित बन्दै गएको भन्दै विरोध गरेकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हवाई दुर्घटनाहरू बढेकाले नेपाल वायुसेवाको साख गिरेको उल्लेख गरिन् ।
‘यतिमात्र हैन निगम ५२ अर्ब ऋणमा डुबेको छ । सरकारले निगमलाई यो दलदलबाट निकाल्न र हवाई यात्रुहरूको सुरक्षामा ध्यान देओस्‚’ उनले भनिन् ।
सांसद राजभण्डारीले नेपाली आकाश असुरक्षित र नेपालको वायुसेवा संकटग्रस्ट रहेको भन्ने छलफल र खबरहरूका बिच नेपाल वायुसेवा निगमको बेथिति र लापरबाहीले ८०० भन्दा बढी यात्रुहरू बिचल्लीमा परेको खबर बाहिर आएकोमा आपत्ति जनाइन् ।
‘यतिबेला नेपाल वायुसेवा निगमका ४ मध्ये ३ जहाज ग्राउन्डेड भएका छन् । दुइटा वाइड बडी त पहिलै ग्राउन्डेड हालतमा छन्‚’ उनले भनिन्‚‘अहिले सगरमाथा नामको न्यारोबडी जहाजको बिग्रिएको हाइड्रोलिक बनाउनुपर्ने र नबिग्रिएको हाइड्रोलिक खोल्दा त्यसको सिल च्यातिएर समस्या आएको भनिँदै छ । त्यसमा नक्कली ग्लुले टाँसेर जहाज उडाउन खोजेको भन्ने कुरा पनि आएको छ । वास्तविकता के हो ? छानबिन गरी सरकारले तुरुन्त कारबाही गरोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण