हिन्डेनबर्गको निशानामा सुपर माइक्रो कम्प्युटर

वाशिङ्टन डिसी । अमेरिकी शर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले मंगलबार आफ्नो ताजा रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्टमा कम्पनीले सिलिकन भ्यालीको कम्पनी सुपर माइक्रो कम्प्युटरलाई निशाना बनाएको छ ।
प्रतिवेदनमा सुपर माइक्रो कम्प्युटरमाथि वित्तीय लेनदेनमा गडबडी गरेको, निर्यात नियन्त्रणमा विफलता र ग्राहकसम्बन्धी केही समस्या उल्लेख गरिएको छ । तीन महिनाको जाँचपछि आफूले यो प्रतिवेदन जारी गरेको दाबी हिंडनबर्गले गरेको छ ।
कम्पनीका पूर्व कर्मचारी, उद्योगका विशेषज्ञ र कम्पनीमाथि परेका मुद्दा मामिलाको रेकर्डहरू आदिको समीक्षाको यो रिपोर्ट तयार गरेको बताइएको छ ।
सन् २०२० को अगस्टसम्म कम्पनीमाथि हिसाब किताबमा गडबडीको आरोप लागेको प्रतिवेदनमा भनिएको छ । कम्पनीले आय र लाभ मार्जिन बढी देखाउन २० करोड डलर अनुचित राजस्व देखाएको र खर्चहरू पनि घटाएर देखाएको बताइएको छ ।
सुपर माइक्रो कम्प्युटर सिलिकन भ्यालीमा रहेको सर्भर कम्पनी हो । यसको बजार पुँजीकरण ३५ अर्ब डलर आसपास छ । हिन्डेनबर्गको यो प्रतिवेदनले लगानीकर्ता र उद्योगका पर्यवेक्षकहरूलाई चिन्तित बनाएको छ । प्रतिवेदन बाहिरिएपछि सुपर माइक्रो कम्प्युटरको शेयर मूल्यमा व्यापक कमी आउने आशङ्का गरिएको छ । यसले कम्पनीको प्रतिष्ठामा पनि नकारात्मक असर पार्ने निश्चितप्रायः छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ