सरकार भ्रष्टचारविरोधी हो भने पाँच वर्षे हदम्यादवाला विधेयक तुरुन्त फिर्ता लियोस् : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विरोध गरेका छन् । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरे ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?,’ उनले भने ।
उनले वर्तमान गठबन्धनको सरकार सुशासन‚दण्ड विहीनता र भ्रष्टाचार विरोधी छ भने तत्काल विधेयक फिर्ता लिनुपर्ने बताए । ‘सक्दैन भने यो सदनलाई विवेकको मत दिने व्यवस्था प्रारम्भ गरियोस्‚’ उनले भने ।
उनले देशमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्ति उन्मुलन गर्ने हो भने सदनमा अहिलेसम्म चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन हुनुपर्ने बताए । उनले तत्काल साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न गठबन्धनका नेताहरूसँग माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने