२० हजार डलरको फर्स्ट क्लासको हवाई टिकट साढे ३ हजारमै बिकेपछि
मेलबर्न । गएको बिहीबार अस्ट्रेलियाबाट अमेरिका आउजाउको फर्स्ट क्लासको टिकटमा भारी छूट भयो । सामान्यतः १९ हजार डलर पर्ने अस्ट्रेलियाको ध्वजावाहक विमान सेवा प्रदायक क्वान्टसको सो श्रेणीको टिकट करिब ३०० जना भाग्यशालीले ३ हजार ४०० डलरमै पाए । क्वान्टसको कोडिङ एररका कारण अकल्पनीय छूट मिलेको हो ।
यो गल्ती क्वान्टसले सच्याएन । ती सबै यात्रीलाई कम्पनीले अतिरिक्त पैसा नलिईकन बिजनेस क्लासमा रिबूक गराइदियो छ । कम्पनीको यो अफरमा चित्त नबुझाउने यात्रीहरूलाई भने कम्पनीले पूरै पैसा फिर्ता दिने भएको छ । बिजनेस क्लासको टिकट किनेर क्वान्टसको विमानमा अस्ट्रेलियाबाट अमेरिका आउजाउ गर्न ११ हजार डलर लाग्छ । गएको वर्ष पनि क्वान्टसमा यस्तै समस्या भएको थियो ।
पहिला नै रद्द गरिसकेको ८ हजार भन्दा धेरै उडानको लागि टिकट विक्री गरेको आरोप अस्ट्रेलियाका नियामकहरूले कम्पनीमाथि लगाएका थिए । यस घटनामा ८६ हजारभन्दा धेरै यात्री प्रभावित भएका थिए । यस मामिलामा सुल्झाउन मेमा क्वान्टसले मेमा झन्डै ८ करोड डलर तिर्न सहमति जनाएको थियो । यसमध्ये एक करोड ३० लाख डलर प्रभावित उपभोक्ताहरूलाई दिइनेछ ।
सन् २०१९ मा क्याथी प्यासिफिकले भियतनामबाट उत्तर अमेरिकी सहरतर्फको उडानमा फर्स्ट र बिजनेस क्लासको सिटको दुईतर्फी टिकट ६७५ डलरमै दिएको थियो । तर सधैँ यस्तो हुन्न । सन् २०१० मा अमेरिकी एयरलाइन्सले झुक्किएर फर्स्ट क्लासको दुईतर्फी टिकट इकोनोमी क्लासको मूल्यमा १ हजार १०० डलरमा दियो । सो टिकटको वास्तविक मूल्य २० हजार डलरसम्म पर्थ्यो । तर गल्ती महसुस भएपछि कम्पनीले सोही मूल्यमा उक्त टिकट दिन मानेनन् । त्रुटि सच्याउन कम्पनीले प्रभावित उपभोक्ताहरूलाई २०० सय डलरको भौचर दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने
-
कतै समाजवाद शब्दले बिगारेको त छैन ?
-
सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा