पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध
बुधबार, १२ भदौ २०८१, १३ : ३३

काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अस्थिर राजनीतिले देशको छवि खस्किएको र सरकार परिवर्तनको प्रभाव राजदूत नियुक्तिमा देखिनु दुःखद भएको बताए । श्रेष्ठले राजदूत नियुक्ति निर्देशिका २०७५ पालना नगरी राजदूत नियुक्ति गर्दा त्यस्तो भएको बताए ।
‘राजदूत लामो समय नियुक्त भएन । दुइ ठूला दल मिलेर सरकार बनेपनि राजदूत नियुक्ति ढिलाइ किन भएको हो ? भागवण्डाले हो ?‚’ उनले भने । सांसद श्रेष्ठले राजदूत पद राजनीतिक भर्तिक केन्द्र नभएको भन्दै राजदूत दलको हुन्छ देशको भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु