‘नाडा अटो शो’मा देखिए यस्ता आकर्षक गाडी र मोटरसाइकल (तस्बिरहरू)

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ बुधबार पनि जारी छ ।
शोमा अटोप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको आयोजकको भनाइ छ ।
यस वर्षको प्रदर्शनीमा चार पाङ्गे २४ वटा ब्रान्ड, दई पाङ्ग्रे १९ वटा ब्रान्ड र हल्का व्यावसायिक सवारी साधनका १२ वटा आकर्षक ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ ।
साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू पनि राखिएको छ । यस्तै अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहेको आयोजकको भनाइ छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको उक्त शो भदौ १६ गतेसम्म चल्नेछ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरी १३० वटा स्टल रहेका छन् ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहेको आयोजक नाडाले जनाएको छ ।
शोको दोस्रो दिनका तस्बिरहरू हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी