युवा पक्राउबारे सांसद ढकालको विरोध : कमिलाको उड्ने बेलामा प्वाँख पलाएजस्तो नहोस्
बुधबार, १२ भदौ २०८१, १३ : ३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले पक्राउ परेका युवाहरूको रिहाइको माग गरेका छन् ।
‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ‚’ उनले भने ।
युवाले राखेको विरोध राज्यले सुन्न सक्नु पर्ने भनाइ उनको थियो । ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक