इजरायली सेनाले वेस्ट बैंकमा गरेको कारबाहीमा ११ प्यालेस्टिनी मारिए

तेल अभिभ । इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा उसले गरेको सैन्य कारबाहीमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । अल–फार शरणार्थी शिविरमा भएको हवाई हमलामा पाँच जनाको मृत्यु भएको र जेनिनमा भएको सशस्त्र झडपका साथै ड्रोन आक्रमणमा ६ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जेनिन र तुलकार्ममा आतंकवादी गतिविधिहरूविरुद्ध आफूले ठूलो कारबाही गरिरहेको इजरायली सेनाले बताएको छ । यो इजरायली सेनाले चलाएको प्रमुख अपरेशन जस्तो देखिन्छ । प्यालेस्टाइन शहरहरू जेनिन, तुल्कार्म, नाब्लस र तुबासमा एकै साथ सेनाले बृहत स्तरमा कारबाही गरिरहेको छ ।
सन् २००० देखि सन् २००५ को बीचमा दोस्रो पटक प्यालेष्टिनी विद्रोह (इंतिफादा) पछि पहिलोपटक प्यालेस्टाइनका धेरै सहरमा एकैपटक यसरी आक्रमण भइरहेको बताइएको छ । सहरको शरणार्थी शिविरमा सशस्त्र लडाइँ चलिरहेको बेला जेनिनतर्फ जाने सबै बाटो बन्द गरिएको प्यालेस्टिनी रिपोर्टहरूले बताएका छन् । इजरायली सेना जेनिनस्थित अस्पतालमा घुसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते