पहिलो संयुक्त अन्तरवार्ताका लागि तयार भए ह्यारिस र वाल्ज

वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस र टिम वाल्जले संयुक्त अन्तरवार्ताका लागि सहमति जनाएका छन् ।
उप–राष्ट्रपति ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्ज बिहीबार जर्जियामा सीएनएनसँग अन्तरवार्तामा बस्न लागेका हुन् । जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि पार्टीका उम्मेदवारका पत्रकारहरूसँग यो पहिलो रेकर्डेड अन्तरवार्ता हुनेछ ।
पाँच हप्ताअघि राष्ट्रपति बाइडेनले ह्यारिसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी त्यागेका थिए । ह्यारिस उम्मेदवार बनेयता पत्रकारसामु आउन नचाहेको र राष्ट्रपति बने भने के के गर्छ भन्ने आफ्नो योजनाबारे जनतालाई अन्धकारमा राखेको आरोप रिपब्लिकनहरूले लगाउँदै आएका थिए ।
यो ह्यारिस र वाल्जको लागि पहिलो ठुलो परीक्षा हुनेछ । यसले ती दुबैलाई आफ्ना आलोचकहरूको मुख थुन्ने अवसर पनि दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग