बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ ।
बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको राष्ट्रिय आपत्काल व्यवस्थापन प्राधिकरण (नेमा)का प्रवक्ता मान्जो इजेकेइलले मंगलबार भनेका छन् । मुसलधारे वर्षा र देशका दुई ठुलो नदी नाइजर र बेन्यूमा पानीको स्तर बढेकोले देशको अन्य क्षेत्र पनि जोखिममै भएको उनले बताएका छन् । आगामी दिनमा मध्य नाइजेरिमा पनि यस्तै खालको बाढी आउन सक्ने बताइएको छ ।
यसअघि बाढीको चपेटामा दुर्लभै पर्ने गरेको स्थानमा समेत यो वर्ष बाढी देखिएको इजेकेइलले भनेका छन् । सन् २०२२ मा नाइजेरिमा बाढीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको थियो । औसतभन्दा बढीको वर्षात् र क्यामरुनमा लाग्दो बाँधमा अत्यधिक पानी भरिएकोले नाइजेरियामा बाढीको प्रकोप बढेको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म