समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित

काठमाडौँ । बुधबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको परामर्श बैठकका कारण सचिवालय बैठक स्थगित भएको सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यसअघि बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो । गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको श्रेष्ठले बताए । उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ ।
‘देव गुरुङजी पार्टीको परामर्श बैठकमा व्यस्त हुनुहुन्छ । भदौ १७ गते मात्र काठमाडौँ फर्किने भन्नुभएको छ । १८ र १९ गते फुर्सद भएकाले त्यतिबेला दस्ताबेजलाई टुंगो लगाउने भन्नुभएको छ’, श्रेष्ठले भने ।
गुरुङ सुदूरपश्चिम प्रदेशमा हुने बैठकमा भाग लिन बुधबार धनगढी पुगेका छन् । उनी भदौ १४ र १५ गते कर्णाली, भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा हुने परामर्श बैठक सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
यसअघि साउनको पहिलो साता बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म दस्ताबेजले अन्तिम रूप पाएको छैन ।
मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्र–गङ्गानारायण समूह) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल