आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुनेछ ।
भदौ ८ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थहरुद्वारा संकलित कूल निक्षेपको आकार ६४ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ७९ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्ब रुपैयाँ माथि तरलता रहेको छ ।
बैंकहरुको कर्जा माग घटिरहेका बेला बैंकहरुमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले निरन्तर निक्षेप संकल उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । यसैकै निरन्तरता बुधबार केन्द्रीय बैंकले थप ४० अर्ब प्रशोचन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो