पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिस्पर्धा गर्ने

पेरिस । पेरिस पारा ओलम्पिकमा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिस्पर्धा गर्ने भएकी छन् । ड्रअनुसार पलेशाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् ।
उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना पलेशाले गर्नुपर्नेछ ।
यो स्पर्धामा कुल ११ खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । पलेशाको यो दोस्रो पारा ओलम्पिक हो । यसअघि टोकियो पारा ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन् । कांस्य भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।
उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन् । यसको चार वर्षपछि पलेशा छनौट हुँदै पेरिस पारा ओलम्पिकको यात्रा तय गर्न सफल रहिन् ।
गत चैतमा पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनौट भएकी हुन् । उनी पारा ओलम्पिकमा छनौट हुने पहिलो नेपाली खेलाडी पनि समेत बनेकी छिन् । उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् ।
पलेशा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए ।
वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिकमा छनौट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । यो स्पर्धामा १२ खेलाडी रहेका छन् । यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियनको बराबरी
-
आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत