सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

भजनमा अजित घिमिरेको ‘पिर हरिदेऊ’

बुधबार, १२ भदौ २०८१

काठमाडौँ । गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीत रहेको भजन ‘पिर हरिदेऊ’ सार्वजनिक भएको छ । सार्वजनिक भजनमा संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले छन् ।

अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरूले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।

पिर हरिदेऊ’ भजन काठमाडौँस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायाङ्कन गरिएको हो । भजनको भिडियोमा छायाङ्कन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रूपमा गरेका छन् ।

भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया