ओल्मोको डेब्यूमा बार्सिलोनाको पुनरागमन
बुधबार, १२ भदौ २०८१, ०८ : ४३

भालेकास । डेब्यू खेलमा ड्यानी ओल्मोले गोल गरेपछि बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रायो भायकानोलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना २–१ गोलले विजयी भएको हो ।
खेलको नवौँ मिनेटमा नै उनाइ लोपेजले घरेलु टोली भायकानोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाले बराबरी गोल फर्काउन एक घण्टासम्म पर्खनुपरेको थियो । राफिनाको पासमा पेड्रीले बराबरी गोल गरे ।
८२ औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सालाई जित दिलाए । ओल्मो ६ करोड युरोमा आरबी लेइपजिगबाट बार्सा फर्किएका हुन् । सानो उमेरमा बार्सिलोना रहेका ओल्मो १६ वर्षको उमेरमा क्लब छाडेर डाइनामो जागरेब पुगेका थिए ।
ला लिगाको नयाँ सिजनमा बार्सिलोनाको लगातार तेस्रो जित हो । लिगमा हालसम्म बार्सिलोनाको मात्र शत प्रतिशत रेकर्ड कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्ने भयो लभ स्टोरी चलचित्र 'पुष्पलता', नयाँ वर्षको अवसर पारेर घोषणा
-
फिल्म ‘पहाड’को प्रदर्शन मिति घोषणा
-
फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै