बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेकपा एकीकृत समाजवादी

एकीकृत समाजवादीले चुनावबाट छान्यो १७ पदाधिकारी (सूचीसहित)

बुधबार, १२ भदौ २०८१, ०७ : ४४
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । 

जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । 

यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । 

यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।

received_909566451008691received_1306598133654509received_780084854082160received_1020515829810411

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप