वर्ल्ड च्याम्पियनसिप लङ् डिस्टेन्स ट्रायथलनको टप १३ मा नेपालका सन्तोष
लन्डन । नेपालको प्रतिनिधित्व गर्दै पहिलोपल्ट वर्ल्ड च्याम्पियनसिप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिस्पर्धा गरेका सन्तोष राई १३ औँ स्थानमा पर्न सफल भएका छन् ।
अस्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा गत अगस्ट २५ मा भएको वर्ल्ड च्याम्पियनसिप अन्तर्गत एलिट क्याटेगोरीमा बेलायत निवासी राईले नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। राईसँगै नेपालको तर्फबाट अमेरिकाको बोष्टन निवासी सन्तोष कर्माचार्यले पनि नेपालको तर्फबाट भाग लिएका थिए ।
प्रतियोगितामा ३ किमी स्वीमिङ, ११४ किमी साइक्लिङ र ३० किमी रनिङ समावेश गरिएको थियो, जसमा राई १९ प्रतिस्पर्धीमध्ये १३ औँ स्थानमा आउन सफल भएका हुन् । विश्वभरका ४० देशले सहभागिता जनाएको उक्त प्रतियोगितामा करिब ३ हजार जना प्रतियोगी सहभागी थिए । १२ दिनसम्म चलेको सो इभेन्ट्समा उमेर समूह, पारा ट्रायथलीट, जुनियर, २३ वर्षमुनि र एलिटहरुसहित पाँच विभिन्न स्तरका खेलाडीबिच १९ वटा विश्व च्याम्पियनसिप दौड सम्पन्न भएका थिए ।
'अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा पहिलोपल्ट नेपालको प्रतिनिधित्व भएको छ, यो उपलब्धि नेपाल र मेरो आफ्नो लागि पनि महत्वपूर्ण अवसर हो', राईले भने । आफ्नो कामबाट बचेको समयलाई सदुपयोग गर्दै खेलकुदमा लागेका राईले सन् २००९ देखि दौडन सुरु गरेका हुन् । विश्वका ६ वटा फुल म्याराथन प्रतियोगिता पूरा गर्ने पहिलो नेपाली राईले दुई वर्षभित्र लन्डन,बर्लिन,न्यूयोर्क,सिकागो,बोस्टन र टोकियो जस्ता फुल म्याराथन पूरा गरेका हुन्।
हरेक वर्ष आयोजना हुने उक्त वर्ल्ड च्याम्पियनसीपको एलिट क्याटेगोरी ट्रायथलन( साइक्लिङ,रनिंग र स्वीमिङ) का लागि उनीहरूलाई नेपाल ट्रायथलन एसोसिएसनले छनौट गरेको थियो ।
साउथ एसिया ट्रायथलन स्वर्ण पदक विजेता सोनी गुरुङ समेत उक्त प्रतियोगितामा सहभागी भएर खेलाडीको मनोबल बढाएकी थिइन् ।
एनआरएनए यूके, एनबीसी यूके, फिजियोथेरापिस्ट सरोज गुरुङ एवं नेपाल ट्रायथलनका अध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले सन्तोष राईलाई आवश्यक सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी