अल नासरको जितमा रोनाल्डोको गोल र एसिस्ट
बुधबार, १२ भदौ २०८१, ०६ : १८

रियाद । क्रिस्टियानो रोनाल्डोले गोलवर्षा जारी राख्दा अल नासरले साउदी प्रो लिगमा पहिलो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा अल नासरले अल फेइहालाई ४–१ गोलले हराएको हो ।
खेलको सुरुवातमा नै रोनाल्डोले टालिस्काका लागि गोलको अवसर सिर्जना गरेका थिए । टोलीले ५ औँ मिनेटमा अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
मार्सेलो ब्रोजोभिचले ८५ औँ मिनेटमा टोलीको अग्रता फराकिलो बनाए पनि फेसन साकालाले एक मिनेटपछि नै अल फेइहाका लागि गोल फर्काएका थिए । यद्यपि, यो गोल सान्त्वनामा मात्रै बन्यो ।
इन्जुरी समयमा टालिस्का व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लिगको पहिलो खेलमा भने अल–नासर अल रइदसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल