खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते
मङ्गलबार, ११ भदौ २०८१, २२ : ३८

सुनसरी । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताए । खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनता एग्रो एन्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबिच साझेदारी
-
पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे
-
खाद्य संस्थानको रिक्त विज्ञ सञ्चालक खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिँदै
-
कर्मचारी सरुवामा गृहको मनपरी, जगेडामा रहेका चार उपसचिव छुटे
-
नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबिच लगानी प्रवर्द्धन गर्ने समझदारी
-
अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी