स्कुल बस दुर्घटना बढेपछि पोखरामा ट्राफिकले अनुगमन बढायो
मङ्गलबार, ११ भदौ २०८१, २२ : १३

पोखरा । पोखरामा पछिल्ला केही दिनमा स्कुल बस दुर्घटना दैनिक जसो भएका छन् । छोरेपाटन पारी स्कुल बस दुर्घटना भएर विद्यार्थीसहित २ जनाको मृत्यु भयो ।
केही दिनअघि घारीपाटनमा स्कुल बस अनियन्त्रित भएर चालक घाइते भए । विद्यार्थीलाई भने खासै असर परेन । दैनिक जसो दुर्घटना बढेपछि ट्राफिक प्रहरीले यहाँका स्कुल बसहरूमा निगरानी र अनुगमन बढाएको छ ।
मंगलबार दिनभरिमा मात्रै क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बस नियन्त्रणमा लिएको छ । २२३ वटा बसमा चेकजाँच गर्दा १७ वटाले क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिएको हो ।
उनीहरुलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते