आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध चयन
मङ्गलबार, ११ भदौ २०८१, २१ : ५९

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
उनले आईसीसीको अध्यक्षको जिम्मेवारी आगामी डिसेम्बर १ देखि सम्हाल्ने छन् । ३५ वर्षीय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बन्नेछन् । आईसीसीको शीर्ष पदमा पुग्ने उनी पाँचौँ भारतीय हुन् ।
यसअघि आईसीसीको अध्यक्ष पदमा भारतका जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले जिम्मेवारी सम्हालेका थिए ।
शाहले आफ्नो कार्यकालमा क्रिकेटलाई अधिक वैश्विक बनाउनका लागि आईसीसी टिम र यसका सदस्य राष्ट्रसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू