माओवादी कांग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ : सांसद पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुष्टि भएको बताएका छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद पुनले कांग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताए । उनले सरकार सुरुमा माफियाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देश हित विपरीत कसैसँग पनि सम्झौता नगरेको दाबी गरे ।
उनले भने, ‘ कांग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्ने प्रमाणित गरेका छौँ । प्रचण्डको नेतृत्वको सरकारले कसैसँग अब सम्झौता गर्न सकिन्न भनेर लाग्नुभयो । देश र जनताको लागि सरकार सञ्चालन गर्नुभयो । यो बिचमा निकै ठुलो बनिसके छ बिचौलिया वर्ग ।’
सांसद पुनले अध्यक्ष प्रचण्डले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा