बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

रथयात्रामा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १२३ जना पक्राउ

मङ्गलबार, ११ भदौ २०८१, १९ : ३०
मङ्गलबार, ११ भदौ २०८१

विराटनगर । विराटनगरमा मंगलबार निस्किएको  ९३ औँ संस्करणको राधाकष्ण रथयात्रामा  उच्छृङ्खल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरूमा  उच्छृङ्खल  गतिविधिमा संलग्न र पाकेटमारहरू रहेको उनले बताए । ‘अहिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ,’ उनले भने, ‘छानबिन गरी घटनामा संलग्न नभएकालाई छोडिदिनेछौँ ।’ 

रथयात्रामा भिडभाड हुने भएको कारणले चोरी गर्न भारत र  वीरगन्जदेखि आएको प्रहरीले जनाएको छ । प्रहरीले वीरगन्जबाट आएका १८ जनालाई पनि नियन्त्रणमा लिएको छ । 

राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको थियो । भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको कारणले कुनै पनि अप्रिय घटना नभएको मोरङ प्रहरीले जनाएको छ । 

चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र वृद्ध वृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको थियो । 

रथयात्रामा सुरक्षा योजनाका साथ प्रहरीले दुई हजार बढी प्रहरी परिचालन परिचालित गरेको जनाएको छ । भिडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका लागि सादा पोसाकमा पनि ठुलो सङ्ख्या प्रहरी परिचालन गरेको एसपी कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप