९५ लाख ठगेर भारत भागेका दुईजना आरोपी पक्राउ
काठमाडौँ । युरोपियन मुलुकको सपना देखाएर लाखौं ठगेर भागेका दुईजना आरोपीलाई प्रहरीले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ घर भएका ३० वर्षीय देव सुनार र २७ वर्षका भिम सुनार छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार उनीहरू भारतबाट पक्राउ परेका हुन् ।
९ जना पीडितहरुबाट उनीहरुले ९५ लाख ३४ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । भदौ ८ मा पक्राउ गरेर उनीहरुविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
युरोपका विभिन्न देशमा पठाउने आश्वासन देखाएर उनीहरुले प्रतिव्यक्ति १३ लाखसम्म असुल गरेका थिए । रकम लिएपछि उनीहरू भारत गएर लुकेर बसेका हुन् । उनीहरुले ठग्नका लागि फर्जी भिसा र टिकट देखाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । करिब दुई वर्षअघि ४ जना महिलालाई उनीहरुले ग्रिस पठाएको र त्यही उदाहरण दिएर उनीहरुले ठग्ने धन्दा चलाएका हुन् ।
प्रहरी उपरीक्षक आचार्यले उनीहरूलाई नेपाल–भारत सिमाना स्थित कञ्चनपुरको गड्डाचौकी नजिकबाट नियन्त्रणमा लिएको बताए । आरोपीहरूले पीडितहरूलाई भारतको दिल्लीमा लगेर बन्धक बनाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
-
जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल