रुसलाई राम्रो ढंगले जवाफ दिनेछौं : जेलेन्स्की
मङ्गलबार, ११ भदौ २०८१, १८ : ४५

किभ । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा चार युक्रेनी नागरिकको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले यसको जवाफ सही ढंगले दिने बताएका छन् ।
युक्रेनमाथि सोमबार राति रुसले गरेको मिसाइल र ड्रोन हमलाको क्रममा ४ जनाको मृत्यु भइसकेको छ भने अरू १६ जना घाइते भएका छन् । रुसले हिजोदेखि युक्रेनी नागरिक र पूर्वाधारमा ९० वटा हवाई हमला गरेको जेलेन्स्कीले भनेका छन् ।
हमलामा कम्तीमा पनि ८१ वटा ड्रोन, क्रुज, ब्यालिष्टिक मिसाइल संलग्न भएको बताइएको छ । रुसले अहिले र यसअघि गरेको हमलाको जवाफ दिइने र मानवता विरुद्धको अपराधलाई माफी नगरिने एक्समामा उनले लेखेका छन् । आफूहरूले हिजोदेखि रुसको ५ वटा मिसाइल र ६० वटा ड्रोनलाई खसालेको दाबी युक्रेनी हवाई बलले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य