अस्पतालमा जुम्ल्याहा बच्चा मृत्यु प्रकरण : न्याय माग्दा आमाबुवा पक्राउ
काठमाडौँ । करुणा अस्पतालको लापरबाहीमा मृत्यु भएका जुम्ल्याहा बच्चाका बुवा प्रदीप भट्ट र आमा विद्या राणा पक्राउ परेका छन् । मृतक बच्चाको न्याय माग गर्दै बानेश्वरस्थित पानी ट्यांकी अगाडि प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
चितवन घर भएका मृतकका आमाबुवाले आफ्नो बच्चाको उपचारमा अस्पतालको लापरबाहीका कारण निधन भएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा सम्बन्धित निकायले राम्रो छानबिन नगरेको भन्दै आमाबुबाले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको नयाँ बानेश्वर प्रहरी वृत्तले जनाएको छ । सामान्य सोधपुछ गरी उनीहरूलाई छोड्ने प्रहरीले जनाएको छ ।
गत असार अन्तिम साता अस्पतालमा उपचारका क्रममा बच्चाको निधन भएको थियो । उपचारमा लापरबाहीका कारणले जुम्ल्याहा बच्चाको मृत्यु भएको आमाबुवाले आरोप लगाएका छन् । मृत्युको आरोप लगाउँदै उनीहरुले नेपाल मेडिकल काउन्सिल (एनएमसी)मा मुद्दा दर्ता गरेका थिए । सोको छानबिन भइरहेको काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते
-
तीन वर्षीय बालक ६ दिनदेखि बेपत्ता
-
ढोरपाटनको विकासमा लाग्न प्रतिबद्ध छु: भट्टचन