एनएफडीसीबाट ‘पीताम्बर’को छायाङ्कन पुनः सुरु

काठमाडौँ । फिल्म ‘पीताम्बर’को छायाङ्कनको दोस्रो सेड्युल सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट सोमबारदेखि फिल्मको छायाङ्कन सुरु भएको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् । दोस्रो सेड्युलको पहिलो दिनको छायाङ्कन अभिनेता प्रदीप खड्का र सौगात मल्लले गरे ।
फिल्ममा सौगात र प्रदीपका अलावा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारीको अभिनय रहनेछ । फिल्ममा अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिनेछन् ।
केही दिनमा काठमाडौँको छायाङ्कन सकेर फिल्म युनिट बाँकी छायाङ्कन सकाउन नवलपरासी पुग्नेछ । फिल्मको पहिलो चरणको छायाङ्कन पनि नवलपरासीमै गरिएको थियो ।
‘पीताम्बर’ कृषाको निर्देशनको दोस्रो फिल्म हो । यस अघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइन्छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पीताम्बर’मा पुरुषोत्तम प्रधान छायाकार हुन् । विशाल चौलागाई निर्माता रहेको फिल्मको बजेट ५ करोड बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनि एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै
-
पालिकामा भएको बहुमुखी सहकारी संस्थामा पनि ८५ लाख बढी हिनामिना
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा