सांसदहरू हाजिर गर्ने टाप कस्ने‚ नियमन कसले गर्ने ? (तस्बिरहरू)

काठमाडौँ । जनताको मतबाट निर्वाचित सांसदको मुख्य काम नै सदन र संसदीय समितिको निरन्तर उपस्थित हुने तथा जनचाहना र आवश्यकता अनुसार भूमिका निर्वाह गर्ने हो ।
सांसद जनता र सरकारबिचको पुल हुन् । उनीहरूको उत्तरदायित्व पनि सदन र जनताप्रति हुन्छ । हरेक जनतासँग जोडिने विषयमा आवाज उठाउने भूमिकामा सांसदहरू हुन्छन् ।
तर‚ सांसदहरू आफ्नो जिम्मेवारी र भूमिका बिर्सिन्छन् । उनीहरू किन निर्वाचित भएका हुन् त्यसलाई ख्यालै नगरी गतिविधि गर्छन् । सदन जान्छन् हाजिर गर्छन् र टाप कस्छन् । अर्थात् ‘हाटा’ गर्छन् । सांसदहरूको यस्तो हर्कतको आलोचना हुँदै आएको छ ।
सांसदहरूको यही प्रवृत्ति मंगलवारको प्रतिनिधिसभा बैठकमा पनि देखियो । बैठकको विशेष समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोल्दा प्राय: सांसद बैठकमै थिए । तर‚ जब प्रचण्डको मन्तव्य सकियो अनि सबै सांसद बैठक छाडेर हिँडे ।
प्रचण्ड हिँडेपछि अन्य सांसदहरूले बोलेको कुरा सुन्ने कुर्सी बढी सांसद औलामै गन्न सकिने मात्र बाँकी थिए ।
तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन