बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

रेस्लिङ आइकनको ६३ वर्षको उमेरमा निधन

मङ्गलबार, ११ भदौ २०८१, १६ : ५८
मङ्गलबार, ११ भदौ २०८१

न्युयोर्क । ६ पटकको रेस्लिङ च्याम्पियन तथा वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) का आइकन सिड इयुडीको ६३ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनले लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आइरहेका थिए ।

इयुडीलाई फ्यानहरूले सिड जस्टिस, सिड भिसियस र साइको सिड नामले चिन्थे । उनी सन् १९९० ताका डब्लूडब्लूईमा निकै चर्चित थिए ।

उनको जन्म सन् १९६० डिसेम्बर १६ मा अमेरिकाको आर्कान्ससमा भएको थियो । सन् २००१ मा उनको खुट्टामा चोट लागेपछि उनी रेस्लिङबाट टाढा बनेका थिए । उनको पत्नी सब्रिना पेज र दुई सन्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप