१०० जना कामदार विदेश पठाउन नसक्ने म्यानपावरको अनुगमन सुरू
काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको अनुगमन थालेको छ । संस्था नवीकरणका लागि निवेदन दिन आह्वान गरेको विभागले स्थलगत अनुगमन थालेको हो । अनुगमनपछि मात्रै ती संस्थाहरूको नवीकरण गरिने विभागले जनाएको छ ।
चार जना निर्देशकको नेतृत्वमा चार वटा टोली बनाएर अनुगमनमा खटिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
अनुगमनको क्रममा कार्यालय रहे/नरहेको, नागरिक बडापत्र रहे/नरहेको, कर्मचारी रहे/नरहेको लगायतका विषय हेर्नेछ । आजदेखि थालिएको अनुगमनमा सबैको कार्यालय रहेको पाइएको सूचना अधिकारी सुवेदीले बताए ।
अनुगमनका क्रममा टोलीले किन वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा नपठाएको भनी सोध्ने गरेका छन् । त्यस क्रममा व्यवसायीहरूले विदेशबाट डिमान्ड ल्याउन नसकेको, श्रमिकहरू रोजगारीमा जानका लागि नआएको जस्ता कारण बताउँदै आएको सुवेदीले बताए ।
वैदेशिक रोजगार ऐन, २०६४ ले लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने म्यानपावर कम्पनीको नविकरण नगर्ने व्यवस्था गरेको छ । तर, ऐनमै भएको बाधा अड्काउ फुकाऊ मार्फत मन्त्रिपरिषद्ले निर्णय गरेर नवीकरण गर्न सकिने व्यवस्था छ । सोही प्रावधानका आधारमा विगत चार वर्षदेखि वार्षिक १०० कामदार नपठाउने संस्थाको नवीकरण हुँदै आएको छ ।
साउन ३१ गते बसेको मन्त्रिपरिषद् बाधा अड्काउ फुकुवामार्फत नवीकरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि खारेजीको अवस्थामा पुगेका ३१७ म्यानपावर कम्पनीको नवीकरण हुनेछ ।
विभागले नवीकरणका लागि निवेदन दिन आह्वान गरेको छ । निवेदन दिएका संस्थाहरूको अनुगमन गरेर मात्रै नवीकरण गरिने विभागले जनाएको छ । सोही आधारमा अनुगमन थालिएको सूचना अधिकारी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म